काठमाडौँ । मामा भाञ्जा अनलाइन टिभीको ब्यानरमा निर्माण गरिएको नयाँ नेपाली गीत ‘लेकमा मेरो घर छ’ सार्वजनिक भएको छ। गीतमा स्वर पुरुषोत्तम दाहालको रहेको छ भने शब्द, सङ्गीत तथा निर्देशन वैकुण्ठ घिमिरेको रहेको छ।
सार्वजनिक गीतमा गोपी अधिकारीले संगीत संयोजन (एरेञ्ज) गरेका छन्। प्रकाश लामाले रेकर्डिङ, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्।
गीतको अडियो तथा भिडियो संयोजन एटीएफ इन्टरटेन्मेन्टले गरेको हो। भिडियो अनिल आचार्यले छायांकन गरेका हुन् भने सम्पादन राम गौतमले गरेका छन्।
गीतको म्युजिक भिडियोमा नेपाली ग्रामीण सौन्दर्य, स्वदेश–प्रेम र मौलिकता झल्कने दृश्यहरू समावेश गरिएको छ। गीतले श्रोता तथा दर्शकमा आफ्नो ठाउँ, संस्कृति र पहिचानप्रतिको माया र गर्व उत्पन्न गराउने अपेक्षा गरिएको छ।
मामा भाञ्जा अनलाइन टिभीमार्फत सार्वजनिक भएको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा मौलिकता र सन्देशमूलक सिर्जनाको निरन्तरता दिने विश्वास लिइएको छ।
दर्शकहरूले यो गीत ‘Mama Bhanja Online T.V’ युट्युब च्यानलमार्फत हेर्न र प्रतिक्रिया दिन सक्नेछन्।
Comment