बिमा दाबी भुक्तानी प्रक्रिया ढिलाइ भए प्रमाणसहित प्राधिकरणमा उजुरी दिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानी प्रक्रियामा ढिलाइ वा भुक्तानी नपाएको अवस्थामा आवश्यक प्रमाणसहित प्राधिकरणमा उजुरी दिन सकिने व्यवस्था रहेको जनाएको छ ।

प्राधिकरणले बिमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बिमितमैत्री बनाउन निरन्तर नियामकीय तथा नीतिगत व्यवस्था गर्दै आएको जनाउँदै दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल तथा प्रविधिमैत्री बनाउने प्रयास भइरहेको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बिमा ऐन, नियमावली, प्राधिकरणबाट जारी भएका निर्देशिका तथा परिपत्रबमोजिम तोकिएको समयावधिभित्र बिमकले दाबी फर्छ्योट गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

बिमितको पहुँच सहज बनाउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट सहजीकरणका लागि सेवा प्रदान भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

बिमक, कर्मचारी वा अन्य कसैले विद्यमान नीतिगत व्यवस्थाबमोजिम दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बिमितले आवश्यक प्रमाणसहित नेपाल बिमा प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको छ ।

त्यस्तै, हेलो सरकारमार्फत प्राप्त बिमासम्बन्धी गुनासोको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले बिमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन सम्बन्धित सबैलाई उपलब्ध व्यवस्थाबारे जानकारी गराएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।