‘सडक २’ को ट्रेलरमा बन्यो सर्वाधिक डिसलाइकको रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको निधन र त्यसपछि चर्किएको आफन्तवाद विरुद्धको अभियानको प्रभाव महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र सडक–२ मा पर्ने देखिएको छ।

उक्त चलचित्रको ट्रेलरको पोस्टर रिलिज भएसँगै आलिया सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । चलचित्रलाई नेगेटिभ फिडब्याक मात्र आईरहेको छ ।

साथै यूट्युबमा लाइकको साटो डिसलाईक धेरै आईरहेको छ । महेश भट्टको निर्देशनमा बनेको सडक २ आलियाको लागि ठूलो चलचित्र मानिएको छ । सुशान्तको निधनपछि उनका फ्यानहरुले नेपोटिजम विरुद्ध सामाजिक सञ्जालमा चर्को आवाज उठाएका थिए।

सडक–२ मा आलिया भट्टसँगै सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ। सडक–२ मा सुरुमा सुशान्त सिंह राजपूतलाई लिने कुरा भए पनि मिलेको थिएन।

यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

केही समयअघि सार्वजनिक भएको सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र दिल बेचरालाई भने उनका फ्यानले अति रुचाएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।