नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले सुरु गरेको आन्दोलनमा आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको जन्म शताब्दीका अवसर आयोजित कार्यक्रममा उनले नेपाली जनतालाई राजनीतिक अधिकार तथा देशलाई समृद्ध बनाउन पुष्पलालले जीवनको अन्तिम घडीसम्म गरेको संघर्षको यात्रा अविस्मरणीय रहेको बताए।

नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै अध्यक्ष नेपालले यसको अन्त्यका लागि नेपालीपनको समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेको नेपाली क्रान्तिको सिद्धान्तमा कम्युनिस्ट पार्टीहरू अगाडि बढ्नुपर्नेमा जोड दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।