७ महिनाका लागि आयात धान्ने गरी विदेशी विनिमय सञ्चिति गर्ने मौद्रिक नीतिको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा आयाात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य रहेको जनाएको छ।

शुक्रबार मौद्रिक नीति सर्वाजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढिरहे पनि ७ महिनाको आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चित गर्ने लक्ष्य राखिएको बताए।

यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी मार्गदर्शन बनाउने योजना अघि सारेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा एआई प्रविधिको प्रयोग बढ्दै गइरहेकाले यसका चुनौती र अवसर पहिल्याउने राष्ट्र बैंकको तयारी छ।

‘यस बैंकबाट इजाजतपत्र–अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता ९एआई० सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ,’ गभर्नर अधिकारीले भने, ‘यसबाट सिर्जना हुनसक्ने जोखिम पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।