संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। 

आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिले  सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ। 

शुक्रबार आर्थिक वर्ष २०८१र२०८२  को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको जानकारी गराएका छन्।

व्यक्तिगत कर्जाको सीमा भने यथावत रहेको छ। हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।