सपोर्ट लघुवित्तको नाफा ७५.०३ % ले बढ्यो, इपीएस कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७५.०३ प्रतिशतले बढेको हो ।

लघुवित्तले गत आवको असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १ करोड २ लाख रुपैयाँ धेरै हो । लघुवित्तले अघिल्लो वर्ष असारसम्म १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा छलाङ मारेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३४ करोड ९१ लाख रुपैयाँ निक्षेप र १ अर्ब २६ करोड रुपैयाँ सापटी लिई कुल १ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल १० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ संचित छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४.३० रुपैयाँले बढेर २२.१६ रुपैयाँ पुगेको छ ।

असारसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १४९.५५ रुपैयाँ छ । यस अवधिमा लघुवित्तको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६३ प्रतिशतमा झरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।