यी चारवटा निर्माण कम्पनीलाई सरकारले राख्यो कालो सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ। 

आज (बुधबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौँसहितका निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ।

कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ। 

यी हुन् कालो सूचीमा पर्ने चारवटा निर्माण कम्पनी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।