आन्तरिक राजस्व विभागले भन्यो-‘ व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न आग्रह गरेको छ । राजस्व विभाग लाजिम्पाटले एक सूचना जारी गर्दे उक्त आग्रह गरेको हो ।

आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेअनुसार सोही अनुसार गर्न सचेत गराएको सूचनामा उल्लेख गरिएको छ ।

जसअनुसार कुनै पनि व्यक्तिले व्यावासायिक कारोबार वापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन । यसो गरे प्रत्यक पटकको अनुमगनमा ५ हजार रुपैयाँ वा कुल रकममको २ प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।