काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएकोमा आज ७ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार २ सय रहेको छ भने तेजावी सुन ९७ हजार ७६० पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी एकै दिन ३५ रुपैयाँले बढेर तोलामा १२ सय ४५ कायम भएको महासंघले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
Comment