चिया निकासीमा वर्षैभरी किचलो, गतवर्ष भन्दा १ अर्ब कम आम्दानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वर्षैभरि किचलो चलिरहने चियाको निकासीमा भारी गिरावट आएको पाइएको छ । कहिले भारतले नाका बन्द गर्ने त कहिले आन्दोलन चर्केर चिया प्रशोधनमै समस्या भई चियाको निकासी कम हुँदा यसबाट हुने आम्दानीसमेत घटेको पाइएको छ । चियाबाट गएको आर्थिक वर्ष २०७५/७६ मा भन्दा २०७६/७७ मा रु. एक अर्ब आम्दानी कम भएको छ । 

चिया निकासीको परिमाण बाहिरिने नाका मेची भन्सार काँकडभिट्टाका अनुसार आव २०७५/७६ मा रु दुई अर्ब ९४ करोड २८ लाख ६० हजार ५३५ बराबरको चिया नाकाबाट निर्यात भएकामा गत आव २०७६/७७ मा रु एक अर्ब ९४ करोड ७० लाख ५३ हजार एक सय ६० मात्रको निकासी भएको देखिन्छ । 

यस वर्ष कोरोना महामारीका साथै किसान आन्दोलनका कारण चियाको निर्यात सुस्ताएको चिया उद्योगीहरू बताउँछन् । “केही महिना अघिसम्म कोरोनाका कारण पनि चिया गएको थिएन भने निर्यात पनि विराटनगर भन्सारबाट हुँदा कम भएको देखिएको हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले भने । उनका अनुसार बन्दाबन्दीका समयमा मात्रै पनि करोडाँैको चिया निर्यात हुन नसकेको हो । 

अहिले पनि उद्योगले उत्पादन गरेको चिया बाहिर पठाउन सकिएको छैन भने किसान आन्दोलनले पनि ठूलो परिमाणमा चिया जान नसकेको महासचिव राईको भनाइ छ । मेची भन्सारमा ठूलो आम्दानी भित्रिने मध्ये चिया दोस्रो स्थानमा पर्ने गरेकामा गएको वर्ष तेस्रो स्थानमा झरेको छ । गएको वर्ष चियालाई अलैँचीले उछिनेको छ । 

नेपालमा उत्पादन हुने चियाको झण्डै ९० प्रतिशत हिस्सा बाहिर जाने गरेको छ तर पछिल्लो समय चियामा आन्तरिक किचलो परेकै कारण निर्यात घटेको व्यवसायीहरूको भनाइ छ । गएको आर्थिक वर्षको अन्तिममा किसान आन्दोलनको परिणामले पनि आम्दानीमा ह्रास आएको चिया बिक्रेता उदय चापागाईंको भनाइ छ । चापागाईंका अनुसार सरकारले चियालाई आवश्यक पर्ने मल पनि उपलब्ध गराउन नसक्नु र बन्दाबन्दीकै कारण चिया निर्यात हुन नसकेको हो । रासस

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।