नेप्से परिसूचक १०.१३ अंकले बढ्यो, १ अर्ब ३२ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केहि दिन देखि ओरोलो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको अन्तिम दिन १०.१३ अंकले बढेको छ ।

विहिबार नेप्से १०.१३ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ ।

यस दिन १८७ कम्पनीको २८ हजार ६४९ पटकको कारोबारमा एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार रुपैयाँ बराबरको ३३ लाख ९२ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएको छ।

खरिदबिक्री भएका १२ उपसमूहमध्ये २ वटा बाहेक बाँकी सबै उपसमूहका सूचक माथि लागेका छन् । वाणिज्य बैंक उपसमूहको सूचक ३ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। यी दुबै कम्पनीको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

कारोबार भएका मध्ये डेलपमेन्ट बैंक र म्युचअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएका छन् । बिहीबार कारोबारमा आएको तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, यस दिन मिथिला लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। लकडाउन खुलेसँगै होटलहरुको व्यवसायमा वृद्धि हुने अपेक्षाले लगानीकर्ताहरु होटलतर्फ आकर्षित भएको हुनसक्ने विश्लेषकहरुको दाबी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।