सेयर बजारमा साना तथा मझौला कम्पनीको कारोबार छुट्टै (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले चालु आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनि गरेका हुन् ।

नीति तथा कार्यक्रममा हाल रहेको टि प्लस थ्री को कारोबारको राफसाफ चक्रलाई ‘टि प्लस ट’ मा झार्ने योजना देखि वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने नीतिसम्म रहेको छ ।

बोर्डले नेप्सेको कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गर्ने, ओएससिओको साधारण सदस्यता प्राप्त गर्ने कार्य अगाडि बढाउने भएको छ ।

ढुंगानाले सेयर बजारमा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने गरी एसएमई प्लेटर्फम तथा अन्य कम्पनीको कारोबारका लागि ‘मेन बोर्ड’ को व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने नीति रहेको बताएका छन् ।

यो वर्ष पनि बुक विल्डिङ्‌मा आईपीओ जारी गर्ने व्यवस्थाले निरन्तरता भएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाएर बुक विल्डिङ्‌ प्रणाली लागु गरिने बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने, वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र दिने, धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने भएको छ ।

धितोपत्रको दोस्रो बजार सम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण गरी परिचालन गर्न आवश्यक कार्यविधि बोर्डको आगामी आर्थिक वर्षको योजना रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको पूर्ण पाठ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।