प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता शेयर लिलामीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले सर्व साधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको हकप्रदमा आवेदन नपरेको शेयर लिलामी गर्न लागेको जनाएको छ ।

लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा क्यापिटल एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन भर्न सकिने व्यवस्था रहेको छ।

उक्त शेयरमा न्यूनतम एक सय कित्तादेखी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ हाराहारी छ ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।