सुनको मूल्यमा सामान्य गिरावट,कति पुग्यो तोलाको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला १००५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।