काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपियाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सय रुपियाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३६० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ९९५ रुपियाँमा कारोबार भएकोमा आज १० रुपियाँले बढेर प्रतितोला १००५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Comment