काठमाडौं । सुनको मूल्य आज (मंगलबार) तोलामा सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला १०५ रुपैयाँ घटेर ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर ९९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Comment