प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु, चुक्ता पूँजी ४२९.६ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ भएको छ। नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। 

 नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी रु. ५०० करोड पुर्‍याउन निर्देशन जारी गरेपछि २०७९ असार ३० गते साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरको लागि सम्झौता भएको थियो। 

नयाँ चुक्ता पुँजी ४२९.६ करोड बनेको छ। कर्मचारी ४४२ र कायम शाखा उपशाखा संख्या ११५ हुने कार्यक्रममा उल्लेख उल्लेख गरिएको थियो। 

२०८० जेठ २६ गते साधारण सभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।