सात वटै प्रदेशले आज बजेट ल्याउँदै, अधिकांश प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकका सात वटै प्रदेशहरुले आज आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै छन् ।

यस पटक सातै प्रदेशले स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गर्ने अनुमान गरिएको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण बजेटको प्राथमिकतामा पर्ने छ।

कोरोनापछि विकास निर्माणलाई सातै प्रदेशले बजेटमा प्राथमिकता दिने अनुमान गरिएको छ । 

असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलबीच प्रदेश सरकारहरुले बजेट निर्माणको काम सकाएका छन्।

धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन्। आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने सम्भावना छ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चार दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ।

लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ। कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बताइएको छ। 

त्यस्तै प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्दै छ। प्रदेश नम्बर २ मा भने अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। 

बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठक बस्दै छ। लुम्बिनीमा भने अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठक बस्दै छ। त्यस्तै कर्णालीमा दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजे प्रदेश सभा बैठक बोलाइएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।