सीईडीबी हाइड्रोको सेयर कारोबार आजदेखि कारोबारमा आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आजदेखि खुल्ने भएको छ । आईपीओ पश्चात नेप्सेमा सेयर सूचीकृत भएसँगै कम्पनीको आजदेखि दोश्रो बजारमा सेयर किनबेच खुल्ने भएको हो ।

हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर आजदेखि कारोबार हुने भएको हो । जसको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको छ । यससँगै लगानीकर्ताले कम्पनीको पहिलो कारोबार यी रेञ्जभित्र रहेर शुरू गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।