काठमाडौं । बैंकिङ कसुर मुद्दामा रु ८० लाख बिगो कायम भई फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि बिडारी फरार रहेका थिए ।
पक्राउ परेका उनलाई आज थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।




Comment