काठमाडौं । नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा गर्न सम्झौता भएको छ ।
सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) स्मृती राज कंडेल र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ ।




Comment