काठमाडौँ । २०८३ भदाै ७ गते (२३ अगस्ट २०२६) आइतवार, श्रावण शुक्लपक्ष एकादशी तिथि। मूल नक्षत्र, १८ः३८ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।
मेष: शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। वैदेशिक बजारबाट राम्रै सफलता पाइनेछ। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृष: समस्या आइलागे पनि हलसमेत निस्कनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। साथीको सहयोग र हौसला मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कुनै कारणवश रोकिएको कामले गति लिनेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मिथुन: आयव्यय बराबर रहनेछ। मानसिक चिन्ता बढ्न सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु बुद्धिमानी हुनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक कारोबारबाट लाभ लिन सकिनेछ।
भाग्यशाली रङ सेतो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३७, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: नयाँ र शुभ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य कमजोर रहने देखिन्छ। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
सिंह: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त होला। पुराना साथीभाइसित भेटघाट हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: लाभहानि, सुखदुःख बराबरी रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ, सचेत हुनुपर्छ। आर्थिक कारोबारमा मन्दी आउला। साँझमा भ्रमणको योजना बन्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
तुला: रमाइलो यात्राको योग छ। नयाँ ठाउँमा प्रवेश होला। घरजग्गा र भौतिक साधन जुटाउने समय छ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: शुभकार्यको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुने छन्। रमाइलो यात्रा होला। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
धनु: साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। लामो समयदेखिका बाधा स्वतः फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कुनै कारणवश रोकिएको अधुरा कामले गति लिनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मकर: राजनीतिक कार्यमा सफलता मिल्नेछ। रमाइलो यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। मन्त्र- मेरो सोच नै मेरो शक्ति हो।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ: नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। महत्त्वाकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनु पर्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तको साथ र सल्लाह पाइनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
मीन: वाक्चतुर्याइँले सङ्कल्पसिद्ध हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।





Comment