रहेनन् ‘गजिनी भिलेन’ प्रदीप रावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ।

रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन। सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत देखिएका थिए।

हिन्दीसहित तेलुगु, हिन्दी र तमिल फिल्म खेलेका रावतले नेपाली फिल्म ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए। यी दुबै फिल्म प्रदर्शनको बेला उनी नेपाल समेत आएका थिए।

हालै ‘आबाट आमा–२’ को छायांकन पनि सम्पन्न गरेका थिए। यो सिनेमा रिलिज हुन भने बाँकी छ।

उनीसँग सहकार्य गरेका निर्देशक चन्द्र पन्त, हरिहर शर्मा र विपना थापा लगायतले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।