आज मिति २०८३ साउन ८ शुक्रवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०८३ साउन ८ गते (२४ जुलाई २०२६) शुक्रवार, आषाढ शुक्लपक्ष दशमी तिथि, १०ः१८ बजेपछि एकादशी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।

मेष

यात्राको योजना विफल हुन सक्छ भने अनावश्यक खर्च बढ्न सक्ने संकेत छ। तनाव महसुस भए पनि साँझतिर समाजसेवा, परोपकार र धार्मिक कार्यप्रति आकर्षण बढ्नेछ। इच्छाअनुसारका काम पूरा हुनेछन् र परिवारसँग रमाइलो समय बित्नेछ। भाग्यशाली रङ हरियो र अङ्क ५।

वृष

पुराना समस्या समाधान हुनेछन् र अरूको विश्वास जित्न सफल भइनेछ। शिक्षा, प्रेम तथा सम्बन्धका क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछन्। मनमा शान्ति र सन्तुष्टिको अनुभूति हुनेछ। भाग्यशाली रङ खैरो र अङ्क ५।

मिथुन

शुभकार्यको योजना बन्नेछ। तर्क, प्रतिस्पर्धा र सेवामूलक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षमता प्रदर्शन गरेर अरूको मन जित्न सकिनेछ। परोपकारी कार्यमा व्यस्तता बढ्न सक्छ। भाग्यशाली रङ सेतो र अङ्क ४।

कर्कट

रमणीय र सुखद यात्राको योग रहेको छ। नयाँ वस्त्र वा अलङ्कार प्राप्त हुन सक्छ। शुभ समाचार सुन्न पाइने सम्भावना छ, तर साँझतिर नजिकका व्यक्तिसँग विवाद हुन सक्ने भएकाले संयम आवश्यक छ। भाग्यशाली रङ गुलाबी र अङ्क ८।

सिंह

कामको क्षेत्रमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। नजिकका व्यक्तिको सहयोगले कार्य सम्पन्न हुनेछ र लाभदायक यात्रा हुन सक्छ। भाग्यशाली रङ निलो र अङ्क ६।

कन्या

मन केही खिन्न हुन सक्छ। महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ। हेलचेक्र्याइँले काममा नकारात्मक असर पार्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्। दृढ संकल्पले सफलता दिलाउनेछ। भाग्यशाली रङ पर्पल र अङ्क १।

तुला

आफन्त, साथीभाइ र सहयोगीहरूको साथले महत्त्वपूर्ण कार्य पूरा हुनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। वैदेशिक कार्यमा प्रगति हुने संकेत छ। विवेकपूर्ण निर्णयले सफलता दिलाउनेछ। भाग्यशाली रङ सेतो र अङ्क १।

वृश्चिक

आफ्नै दक्षता र मेहनतले विभिन्न काम सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ र व्यापारबाट लाभ मिल्नेछ। भाग्यशाली रङ खैरो र अङ्क ४।

धनु

न्यायिक तथा जटिल कार्यमा सफलता प्राप्त हुनेछ। साथीभाइको सहयोगले आत्मविश्वास बढ्नेछ। धर्म, समाजसेवा तथा व्यापारिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने योग छ। भाग्यशाली रङ खैरो र अङ्क २।

मकर

मनमा दोधारको अवस्था आउन सक्छ, त्यसैले सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ। मेहनतअनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने समय छ। भाग्यशाली रङ रातो र अङ्क २।

कुम्भ

नयाँ उद्योग, व्यवसाय वा रचनात्मक काम सुरु गर्न अनुकूल समय छ। रोकिएका काम पुनः अघि बढ्नेछन्। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ र परिवारमा रमाइलो जमघट हुनेछ। भाग्यशाली रङ निलो र अङ्क ४।

मीन

नयाँ अवसर प्राप्त हुने भएकाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ र प्रभावशाली व्यक्तिको साथ प्राप्त हुनेछ। आँटेका काम पूरा हुनेछन्। भाग्यशाली रङ गुलाबी र अङ्क ७।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।