काठमाडौं । चर्चित पार्श्व गायक अभिजित भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिने भएका छन् ।
‘लाइभ कन्सर्ट इन नेपाल-अभिजित भट्टाचार्य’ आगामी जुन २० मा ठमेलस्थित क्लब नोभामा हुने भएको छ ।
लाइभ कन्सर्ट साँझ ७:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
उनले कालजयी गीतहरू: मै कोही यैसा गीत गाउँ , तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू गाएका छन् ।
नेपाल सांगीतिक संघको आयोजनामा हुन लागेको कन्सर्टको व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ ।
यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो ।
भारतका ए-क्लास संगीतकारहरूको साथमा अभिजितले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपालीहरूको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर सीटी पे हो । आयोजकले अग्रिम टिकट बुकिङ सुरू भइसकेको जानकारी गरेको छ । ‘अर्ली बर्ड अफर’ सुरू गरेर कम्पनीले टिकेट बुकिङको सुविधा दिइरहेको जनाएको छ ।
आयोजकका अनुसार स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट २ हजार रुपैयाँ र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट ४ हजार रुपैयाँमा उपलब्ध गराइएको जनाएको छ ।
यो टिकट शुल्क नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो । यसका साथै भीभीआईपी, भीआईपी लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध छन् ।

Comment