आज मिति २०८३ जेठ १५ शुक्रवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २०८३ जेठ १५ गते (२९ मे २०२६) शुक्रवार, ज्येष्ठ अधिक शुक्लपक्ष त्रयाेदशी तिथि, १०ः०२ बजेपछि चतुर्दशी। स्वाती नक्षत्र, ११ः१३ बजेपछि विशाखा। चन्द्रराशि तुला।

मेषः

अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ । तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ ।

वृषः

आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागहनाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्न सक्नेछ ।

मिथुनः

सुखद् समाचार सुन्न पाइनेछ । बाल्यावस्थाका मित्रहरू आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा राम–रमाइलोमा सरिक हुने दिन रहेको छ । आफ्ना भावना र इच्छाहरूको कदर हुनेछ ।

कर्कटः

रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्न सक्नेछन्् । भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । आजको दिन अनावश्यक साइनो गाँस्नेहरूसँग विशेष सावधान रहनु राम्रो पक्ष हुनेछ ।

सिंहः

साझेदारीको काम छ भने अर्कालाई नसुम्पनु ठीक हुन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । शैक्षिक, व्यापारिक एवं राजनैतिक क्षेत्रमा राम्रो पक्ष हुनेछ ।

कन्याः

आज आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय देखिन्छ ।

तुलाः

आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यान केन्द्रित हुनसक्नेछ । सामाजिक क्षेत्र एवम् जागिर तथा नोकरीबाट मानसम्मान मिल्ने समय छ ।

बृश्चिकः

आजको दिन पारिवारिक जीवन सामान्य रहनेछ । तालासाँचो बलियो बनाउनु होला । सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्नेछ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा अलिक सजग रहनुपर्ने देखिन्छ ।

धनुः

आज साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय रहेको छ । इच्छाशक्ति बढ्नेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भईने छ । दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्य निर्वाहप्रति सचेत रहनु राम्रो पक्ष हुनेृछ ।

मकरः

आज लामो समयदेखि रोकिएका काम बन्दै जाने समय रहेको छ । सेवा चाकरीमा पनि केही समय दिनुपर्ने हुनेछ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुने योग छ ।

कुम्भः

सामाजिक कामबाट प्रशंसा मिल्नेछ । रमाइलो यात्राको सम्भावना पनि देखिन्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशा अनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा आँटे÷ताकेका काम पूरा गर्न सजिलो हुनेछ ।

मीनः

आज कहीँ कसैसंग विवाद वा झैझगडा हुनसक्ने योग छ । सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुनेछ । आज बारम्बार नकारात्मक धारणा मात्र आइरहने सम्भावना देखिन्छ । कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु राम्रो पक्ष हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।