आज मिति २०८३ वैशाख २८ साेमवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८३ वैशाख २८ गते (११ मे २०२६) साेमवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष नवमी तिथि, १०ः३७ बजेपछि दशमी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।

मेषः

नयाँ काम शुभारम्भको चर्चा चल्नेछ । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । रमाइलो भेटघाटको समय छ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । राजनीतिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ ।

वृषः

कुटनीतिक नियोगको सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाईदा हुनेछ । अरुको मन सजिलै जित्ने सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । सोखको रुपमा थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ ।

मिथुनः

तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउने समय छ । धर्म कर्मप्रति आस्था बढ्नेछ । लगनशीलताले विपरीत परिस्थितिलाई आफूतिर झुकाउन सकिने छ ।

कर्कटः

आज समयलाई मध्यनजर गर्दै कार्य गर्नुपर्नेछ, नत्र समस्या बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यापारिक कार्यमा नोक्शानीको समय छ । पानी तथा पानीजन्य पदार्थहरुबाट सावधान रहनुपर्ने छ ।

सिंहः

स्त्रीवर्गको सहयोगबाट महत्वपूर्ण कार्य सम्पन्न हुने दिन छ । छोटो दूरीको यात्राको सम्भावना छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ ।

कन्याः

श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । सानोतिनो कुरालाई वेबास्था गरेर अगाडि बढ्नु नै श्रेयष्कर हुनेछ ।

तुलाः

प्रेम सम्बन्धमा असन्तोष रहला । मेहनतले सकारात्मक परिणाम मिल्न सक्नेछ । विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस् । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्ने छ ।

बृश्चिकः

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अरूको फाइदाका लागि उपयोग भईनेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

धनुः

जोशजाँगर र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्र आजको दिन राम्रो रहेको छ । आयमूलक क्षेत्र उत्तम देखिन्छ । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट मानप्रतिष्ठा पाईनेछ ।

मकरः

खानपानमा विशेष सतर्कता अपनाउनु होला । वादविवाद हुन सक्नेछ, सतर्क रहनु होला । धनमाल हराउने योग भएकाले सजग रहनुहोला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।

कुम्भः

भाग्योदयको योग रहेको छ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायवाट प्रसस्त आम्दानी हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

मीनः

व्यवसायमा घाटा हुने समय छ । धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । आफ्नो लाभांंशमाथि अरूले दाबी गर्न सक्नेछन्, ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।