आज मिति २०८३ वैशाख २७ आइतवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८३ वैशाख २७ गते (१० मे २०२६) आइतवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष अष्टमी तिथि, १०ः३१ बजेपछि नवमी। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, ८ः१८ बजेपछि कुम्भ।

मेषः

रमाइलो यात्राको योग रहेको छ । मिष्ठान भोजनको अवसर जुट्नेछ । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।

वृषः

मिहिनेतले भविष्य सुध्रनेछ । करियर र व्यवसायप्रतिको चासो बढ्नेछ । उच्च शिक्षा एवं भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन रहेको छ । धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ ।

मिथुनः

पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन रहेको छ । कर्मप्रति समर्पित हुनुपर्नेछ । आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ ।

कर्कटः

आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्नेर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्नेछ । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला ।

सिंहः

आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भईने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग रहेको छ । आफन्त तथा छोराछोरीहरुले पनि मनको कुरो बुझ्नेछन् । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ ।

कन्याः

ऊर्जा ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेशामा आबद्ध कारोबारीका लागि दिन राम्रै रहनेछ । तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । व्यापार ब्यावसायबाट अपेक्षित मुनाफा आर्जन हुने देखिन्छ । शैक्षिक क्षेत्रमा उच्च सफलताको योग पनि परेको छ ।

तुलाः

आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । पारिवारिक तनावका कारण अध्ययन अध्यापनमा विचलित हुनसक्ने समय छ । मिहिनेत गरेअनुसार राम्रो नतिजा हातपार्न सकिने दिन रहेको छ ।

बृश्चिकः

शारीरिक थकान र बेचैनीको समय छ । सानातिना विषयमा पनि चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।

धनुः

मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । साथीभाई वा आत्मीयजन सित भेटघाट हुने र सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ । शिक्षा क्षेत्र, खेलकुद एवं शारीरिक तन्दुरुस्ती सम्बन्धी विषयमा रुचि जाग्नेछ ।

मकरः

कठोर शब्द र खरो बोलीका कारण शुभचिन्तक एवं सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय छ । मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।

कुम्भः

एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । भौतिक सुख–सुविधाहरु प्रसस्त रुपमा प्राप्त हुने छन् । घर–घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट प्रशस्त फाइदा हुने देखिन्छ । शिक्षाा क्षेत्र उपलब्धिमूलक हुनेछ ।

मीनः

परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने समय छ । नियमित र व्यवहारिक खर्च बढ्न सक्नेछ । खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्नेछ । तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।