आज मिति २०८३ वैशाख २४ बिहीवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८३ वैशाख २४ गते (७ मे २०२६) बिहीवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष पञ्चमी तिथि, ७ः१९ बजेपछि षष्ठी। पूर्वाषाढा नक्षत्र, १६ः१० बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।

मेषः

हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । टाढाको यात्रा फलदायी रहने योग छ । व्यापार व्यवसाय फस्टाउने छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

वृषः

स्वास्थ्यमा एक्कासी समस्या आउनसक्ने सम्भावना छ । चोरीको आरोप पनि लाग्न सक्नेछ, विशेष होशियारी अप्नाउनु होला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ ।

मिथुनः

प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउनेछ । शैक्षिक एवं व्यावसायिक यात्रा तथा भ्रमणको योग छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना पनि रहेको छ ।

कर्कटः

ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा केही काम बनाउन सकिनेछ । केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भइरहनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।

सिंहः

विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र राम–रमाइलोमा खर्चबृद्धि हुनसक्नेछ । विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामले पनि फाइदा उठाउन सकिनेछ । देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्याः

आज अवसरसँगै चुनौती समेत देखा पर्नेछन् । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । चोटपटकको योग भएकाले अलिक सावधानी अप्नाउनुुहोला । तत्काल फाइदा नभए पनि पछिको लागि स्रोत पहिचान गर्न सकिनेछ ।

तुलाः

आज पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्त हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ ।

बृश्चिकः

बोलीको माध्यमले काम बन्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

धनुः

प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । पारिवारिक सद्भाव मिल्नेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी देखिन्छ । दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ ।

मकरः

गन्तव्य चुम्न संघर्ष देखिएको छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्नेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ ।

कुम्भः

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्नेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।

मीनः

विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । मुद्दामामिला, झैझगडामा फस्न पर्ने जस्तो देखिएता पनि जीत भने तपाईंकै हुने समय देखिएको छ । आफू भन्दा ठूलाको साथ सहयोग पाईनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।