आज मिति २०८३ वैशाख २३ बुधवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८३ वैशाख २३ गते (६ मे २०२६) बुधवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष चतुर्थी तिथि, ५ः२८ बजेपछि पञ्चमी। मूल नक्षत्र, १३ः५० बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।

मेषः

विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण तथा देश–विदेशसम्म यात्रा गर्ने साइत जुर्न सक्नेछ । टाढिएका सहपाठीहरूसँग पुनर्मिलन हुने समय छ । अध्यात्मिक उन्नतिको दिन परेको छ । धर्मकर्म तथा पूजापाठमा मन ज्यादा आकर्षित रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृषः

विगतका समस्या बल्झिन सक्नेछन् । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । हातमा आएको प्रतिफल गुम्न सक्नेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ ।

मिथुनः

मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायबाट प्रशस्त आमदानी हुनेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् ।

कर्कटः

खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिन सकिने छ । शुभ समाचार प्राप्त हुने योग छ । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।

सिंहः

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

कन्याः

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने समय छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा आज विशेष होस राख्नुखपर्नेछ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ने देखिन्छ । बोलेको वचन पूरा गर्न नसक्दा आलोचित भईनेछ ।

तुलाः

पराक्रम बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । आवश्यक स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान पाईनेछ ।

बृश्चिकः

मिहिनेत अनुसार प्रशंसा, पुरस्कार आदि पाईनेछ । धनको सञ्चिति पनि बढ्नेछ । मूल्यवान् गहना, उपकरण आदि संग्रह गर्ने समय छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

धनुः

शरीरमा स्फूर्ति र मनमा उत्साह जगाउने योग छ । पुराना ऋण चुक्ता गर्दै नयाँ सुरुवात गर्ने अवसर प्राप्त हुन सक्नेछ ।नयाँ कामको प्रस्ताव आउनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । शैक्षिक तथा व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकरः

भौतिक साधनतर्फ फजुल खर्च हुनेछ । फसेको रकम उठाउन पनि हम्मे पर्नेछ । काम बिग्रनाले हर्जाना तिर्नुपर्ने हुन सक्नेछ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ ।

कुम्भः

कम लागतमा दिगो काम, पेशा, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ । आयश्रोत सबल बन्नाले चल–अचल सम्पत्ति जोड्न सकिनेछ । थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

मीनः

शुभफलदायी र कर्मसिद्धिको योग छ । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।