सुन र चाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो।

महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ तोकेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार प्रतितोला पाँच हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपालमा दैनिक कारोबार मूल्य तोक्ने गर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।