आजको राशिफल
काठमाडौं । २०८२ माघ १९ गते (२ फेब्रुअरी २०२६) साेमवार, फाल्गुण कृष्णपक्ष प्रतिपदा तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
मेषः
आजको धेरै समय घरेलु काममै अल्झनुपर्ने देखिन्छ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायु विकारजन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्नेछ ।
वृषः
शारीरिक बल बढ्नेछ । शत्रु मुकाविलामा वियजी भईनेछ । आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशा कर्ममा प्रसस्त अर्थोपार्जन हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्ने योग छ ।
मिथुनः
आज कामसँगै स्वास्थ्यको पनि विशेष ख्याल गर्नुपर्ने समय छ । जरुरी र प्राथमिकतामा ध्यान दिनु होला । धन र बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । घर जग्गा खरिद तथा बिक्रीको योग पनि छ । मिष्ठान्न भोजनको अवसर जुट्नाले मन फुरुङ्ग हुनेछ ।
कर्कटः
पूर्वयोजनाहरू कार्यान्वयन गरेर मनग्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ अभियानको नेतृत्व लिने अवसर प्राप्त हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि रहेको छ ।
सिंहः
अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु बन्नेछन् । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु पर्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ ।
कन्याः
आज आतिथ्यपूर्ण सम्मान पाउन सकिनेछ । यात्राका लागि राम्रो समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । आज तपाईंले नसोचेको ठाउबाट धन आर्जन गर्न सकिनेछ ।
तुलाः
उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुनेछ । नयाँ योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने योग देखिन्छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ । न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ ।
बृश्चिकः
परिवारिक भेटघाट तथा नयाँ सवारी साधन खरिदको योग छ । सामाजिक तथा सांस्कृतिक उत्सवमा सहभागी हुनुपर्ला । शेयर बजारले पनि राम्रै साथ दिनेछ । धार्मिक तथा सामाजिक कामको दायित्व बढ्नेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ ।
धनुः
ऋण, रोग तथा शत्रु बढ्ने योग रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।
मकरः
अध्ययन तथा व्यवसायिक क्षेत्र फलदायी रहेकाछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आकस्मिक धनप्राप्तिको योग छ । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।
कुम्भः
पशुपालन र कृषि व्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । साथीभाइ, इष्टमित्रसंग भेटघाट हुनेछ । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।
मीनः
समयको उचित प्रयोग हुने देखिन्छ । रोकिएको काममा सफलता मिल्नेछ । प्रष्ट कुरा व्यक्त गर्दा मन हलुका हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ब्यापार ब्यावसाय एवं शिक्षा क्षेत्रमा पनि उल्लेखनीय प्रगती हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment