काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १:१ अनुपात अर्थात् हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न असार ७ गते स्वीकृति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति पाएको हो । हाल ९९ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ ।
बोर्डले पछिल्लो ६ महिना यता पहिलोपटक हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । बोर्ड गत पुसदेखि नेतृत्वविहीन हुँदा आवेदन दिएर पाइपलाइनमा रहेको दर्जनौं कम्पनीले हकप्रद/आइपीओ अनुमति पाउन सकेका थिएनन् ।
Comment