काठमाडौ । एएफसी एसियन कपमा भारतले दोस्रो हार बेहोरेको छ। कतारमा बिहीबार सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो ।
उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्रुलोएभले एक÷एक गोल गरे। जितपछि उज्वेकिस्तानले दुई खेलबाट ४ अंक हात पारेको छ।
आफ्नो पहिलो खेलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो। दुई खेलको हारसँगै ऊ अंकविहीन छ।
Comment