एथर एनर्जीको ‘एथर रिज्ता’ अब नेपालमा, नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर एनर्जीले आफ्नो बहुप्रतिक्षित नयाँ स्कुटर ‘एथर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार यो स्कुटर २०२५ अगस्ट ६ देखि १० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पहिलो पटक सार्वजनिक गरिनेछ।

नेपालमा एथर ४५० सिरिजको सफलता पश्चात एथर रिज्ता नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको स्मार्ट, फराकिलो र सुविधायुक्त इलेक्ट्रिक स्कुटर भएको कम्पनीले जनाएको छ। एथर रिज्ता भारतमा सुरुवाती वर्षमै १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको सफल मोडेल हो, जसलाई अब नेपाली बजारमा अनुकूल गराएर ल्याउन लागिएको हो।

वैद्य इनर्जी प्रा.लि. मार्फत नेपालमा बिक्री हुने एथर रिज्ताको प्रमुख विशेषता भनेको यसको १५९ किमि रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर, ३४ लिटर स्टोरेज, र ७ इन्च टचस्क्रिन सहितको स्मार्ट कनेक्टिभिटी हो। नेभिगेसन, म्युजिक, राइड स्ट्याट्स, कल म्यानेजमेन्ट जस्ता सुविधा नेपाली भाषा र स्थानीय नक्सासँग अनुकूल गरिनेछ।

सुरक्षा पक्षमा पनि एथर रिज्ता मजबुत रहेको कम्पनीको दाबी छ। स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस, IP67 रेटेड ब्याट्री, र ५ वर्षको ब्याट्री वारन्टीजस्ता विशेषताहरू यसमा उपलब्ध छन्। साथै, ब्याट्री र चार्जिङ प्रणाली नेपाली भूगोलअनुकूल बनाइएको छ।

एथर एनर्जीले हालसम्म काठमाडौं, पोखरा, बुटवल, र इटहरीमा ८ वटा एक्स्पेरियन्स सेन्टर, ६ सर्भिस सेन्टर, २१ फास्ट चार्जिङ ग्रिड र बौद्धमा १ टेस्ट राइड जोन स्थापना गरिसकेको छ।

वैद्य इनर्जी प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले एथर रिज्ता नेपाली बजारमा अत्यन्तै प्रतिक्षित उत्पादन रहेको बताउँदै यसमार्फत विद्युतीय सवारीको दिगो भविष्य स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्।

कम्पनीले स्कुटरको बुकिङ चाँडै खुल्ने र यसै वर्षदेखि नेपालभर उपलब्ध हुने जानकारी दिएको छ। साथै, सहज फाइनान्सिङ योजनासहित पेट्रोलबाट विद्युतीय सवारीमा रुपान्तरण गर्न चाहने उपभोक्ताका लागि यो स्कुटर उत्कृष्ट विकल्प हुने दाबी गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।