काठमाडौं । काठमाडौं शिक्षा बहुमुखी क्याम्पसले राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय सदस्य एवम समाजसेवी देवेन्द्र प्रधानलाई सम्मान गरेको छ ।
क्याम्पसले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन हुने सप्ताहव्यापी कम्प्युटर प्रोग्रामिङ सम्वन्धी क्षमता अभिवद्धि कार्यक्रम उद्घाटनका कार्यक्रमकाबीच प्रधानलाई सम्मान गरेको हो।
बुधबार काठमाडौं शिक्षा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री राजन केसीले प्रधानलाइ सो सम्मान गरेका हुन ।

सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ कार्यक्रममा प्रधानले वताए ।
कार्यक्रममा बोल्दै उनले विद्यार्थीले आफूले बुझेको जिवन उपयोगि शिक्षा आनुसार चल्नु पर्ने र शिक्षा उत्पादकसँग जोडिन आवश्यक रहेको बताए । गुणत्माक शिक्षको लागि प्रधानले उक्त क्याम्पसलाई एक लाख ११ हजार नगद सहयोग गरेका थिए ।

सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याउँदै आएका समाजसेवी तथा राजनितिक व्यक्तित्व देवेन्द्र प्रधान यातायात विज्ञपनि हुन् ।

 
		    		 About Us
                        About Us
Comment