काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीविरुद्ध कुन विषयमा उजुरी परेको हो भन्नेबारे विस्तृत विवरण भने खुल्न बाँकी छ।
२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ मा संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग दर्ता भएसँगै निलम्बनमा परेका उनीविरुद्धको प्रस्ताव संसद्बाट पारित हुन नसके पनि त्यसपछि उनी सर्वोच्च अदालतमा पुनः फर्कन पाएका थिएनन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।




Comment