add

"प्रणय दिवस विशेष: प्रेम, एउटा अनुपम अनुभूति!"






ActPro Nepal

|

२ फागुन, २०८१

|
409

आज फेब्रुअरी १४ प्रणय दिवस वा प्रेम दिवस । अंग्रेजी मा भ्यालेनटाइन डे । १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो ।आधुनिक समाजका हरेक युवायुवतीको रोजाईमा पर्न सफल यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित रहेको छ ।

संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन हो आज। आफूले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन हो। अर्थात प्रणय दिवस।

तत्कालीन समयमा रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

प्रेम दिवस मनाउँदा परिवारको विश्वासलाई नबिगारौं। प्रेम साँचो भए, लुकाउनुपर्दैन। स्वतन्त्रताको दुरुपयोगले दुःखद क्षण नब्यहोस। जिम्मेवार बनौं, सम्मानजनक प्रेमलाई जोगाऔं।

त्यसैले उनले राजाको आज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

आजको दिन प्रेमका लागि प्राण त्याग गर्ने तिनै सच्चा पादरीको सम्झनामा प्रणय दिवस मनाइने गरिएको हो ।

पछिल्लो समय भ्यालेनटाइन डे अर्थात प्रणय दिवस (प्रेम दिवस) मनाउनेको सङख्या दिनानुदिन बढ्दो छ भने प्रेम दिवस मनाउने निउँमा यसलाई बिकृति र बिसङ्गतिको रुपमा प्रयोग गर्नेको सङ्ख्या पनि बृद्धि भएको पाइन्छ।

यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्काको प्रेम भाव साटासाट गर्ने विभिन्न उपहार दिई मनाउने दिन हो । यो विगतमा पनि मन पराइएको मान्छेलाई चिठीपत्रद्वारा आफ्ना मनमा उब्जेका माया प्रेमका कुराहरु लेखेर चिठीपत्र मार्फत आद्धानप्रद्धान गरिन्थ्यो ।

प्रेम निःस्वार्थ, पवित्र र स्थायी भावना हो, जसले दुई हृदयलाई आत्मीय रूपमा जोड्छ। साँचो प्रेम स्वार्थरहित हुन्छ र समयको परीक्षामा अटल रहन्छ। जब प्रेम सच्चा हुन्छ, त्यो जुनीजुनी अटल रहन्छ र विश्वास, सम्मान, तथा समर्पणले भरिएको हुन्छ। आदर्श प्रेम नै प्रेमको सर्वोच्च रूप हो, जसले जीवनलाई पूर्णता दिन्छ।

समय परिवर्तनसँगै अझै भनौं पश्चिमी सस्कृतिको प्रभावस्वस्प प्रेम साटासाट गर्ने तरिकामा परिवर्तन आएको छ । अहिले भ्यालेनटाइन डे प्रणय दिवस को रुपमा यसलाई मनाउँदै आएको पाइन्छ । आजको दिन मन परेको मान्छेलाई प्रेमप्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेम भाव साटासाट गर्ने , गुलाफको फूल आद्रानप्रदान गर्ने साथै विभिन्न उपहार दिइ मनाउने गरिएको पाइन्छ । माया गर्नु, माया गरेको मान्छेलाई प्रेमप्रस्ताव राख्नु , प्रेम दिवस मनाउनु आफैंमा नराम्रो कुरा भने अवश्य हुँदैन तर यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा भने हरेक मायालु जोडी चनाखो हुनुपर्ने देखिन्छ ।

प्रेम एउटा भावनासँग जोडिएको विषय हो । एउटा सच्चा भावना स्वार्थरहीत प्रेम जुनीजुनी प्रेममा स्थिाइत्व प्राप्त गर्ने प्रेमनै वास्तबमा एउटा आर्दश प्रेम हो ।प्रेममा प्राप्ती भन्दा पनि त्याग ,सर्मपण र विश्वास  गर्न सकेको अवस्थामा अझै प्रेम मौलाउँछ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ माया गर्नेहरूको जमात बढिरहेको देख्न सकिन्छ । यसो हुनु राम्रो होइन । यसकारण फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम नै मिठो र दिगो हुन्छ ।

यसको साथै आजको दिन घरपरिवार साथिभाई आफन्तजनहरुमा आपसी प्रेम साटासाट गरेर यो दिवस मनाउन सकेकोमा समाजमा आत्मियतता सद्भाद सहिष्णुणता बढ्छ । प्रेम गर्नेहरु घरपरिवारसँग लुकाएर घरपरिवारले दिएको स्वतन्त्रतालाई गलत रुपमा प्रयोग गरेकै कारण प्रेम दिवसको कै कारण कयौं युवायुवतीहरु जीवनकै कहालाीलाग्दो पल भोग्न पनि विवस छन् यसर्थ सबै युवायुवतीहरुले प्रेमदिवसको नाममा परिवारले दिएको स्वतन्त्रता र विश्वासलाई मर्न नदिउ र आफ्नो स्वार्थरहीत प्रेमलाइ पनि बचाउ ।

प्रेमी-प्रेमिकाबीच मात्र प्रेमदिवसलाई नलिएर आफूँलाई माया गर्ने सबै घरपरिवार साथीभाई, इष्ट्रमित्र सबैसँग प्रेम साटौं , प्रेम दिवस मनाउने हुने तमाम तमाम जोडीहरु र प्रणय दिवसलाई सकारात्मक रुपमा लिनुहुने सबैमा भ्यालेनटाइन डे (प्रणय दिवस) प्रेम दिवसको शुभकामना ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.