देउवा पक्षले कांग्रेसको १५औँ महाधिवेशनका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ।

‘एनसी १५ जनरल कन्भेन्सन डटकम’ नाम दिइएको वेबसाइटमा निवर्तमान सभापति देउवा र पूर्वमहामन्त्री शशांक कोइरालाको तस्बिर राखिएको छ।

वेबसाइटमा नेपाली कांग्रेसको परिचय, महाधिवेशनको कार्यतालिका तथा पछिल्ला गतिविधिसम्बन्धी सूचना राखिएको छ। त्यस्तै, वेबसाइटमार्फत सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने जनाएको छ।

१५औँ महाधिवेशन तयारी समितिमार्फत देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।