add

सुर्यको ताप पनि कोरोनाको लागि औषधी हो !






ActPro Nepal

|

४ साउन, २०७८

|
1256

सूर्यलाई सूर्य भगवानको रुपमा मानिन्छ हिन्दु समाजबाट । यो वास्तवमा विज्ञानले यसलाई मान्दैन । सूर्यलाई समस्त जड तथा चेतना जगतको आत्मा पनि भनिन्छ । त्यो किनभने सृष्टि सञ्चालनमा सूर्यको महत्वपूर्ण भूमिका रहेको छ ।

यस सृष्टिका समस्त वनस्पति तथा प्राणी जगत् सूर्यको ऊर्जाबाट निर्माण, विकास र सञ्चालन भएको पाइन्छ । सूर्यको प्रकाशबिना प्राणी जीवित रहन सक्दैन । जसरी घाम नपर्ने ठाउंको बोटबिरुवा राम्रोसँग हुर्कन र फस्टाउन सक्दैन । त्यसरी नै पर्याप्त घाम नलाग्ने ठाउँका मानिसमा यसरी नै यसको असर पर्छ ।

जसले गर्दा मानिस अनेक मानसिक तथा शारीरिक समस्याबाट पीडितमात्र हुँदैन महामारीको चपेटामा पनि पर्ने गरेको पाइन्छ । सूर्यमा भिटामिन डी पाइन्छ । सूर्यको तापबाट पाइने यो भिटामिन डी इम्युनिटी पावरको मुख्य इनेर्जी हो । हो यहि इनर्जी एक किसिमको स्वयं डाक्टर भएको पाइन्छ । सूर्यको प्रकाश नगएको स्थानमा मात्र डाक्टरको त्यो औषधी पुगेको हुन्छ । आधुनिक भौतिक सुविधा र भागदौडको जीवनका कारण मानिसको जीवन अस्तव्यस्त भएको छ । पर्याप्त घाम लाग्ने देश र ठाउंका मानिसले पनि सूर्यको प्रकाश पर्याप्त रूपमा सेवन गर्न पाएका हुंदैनन् । विशेष गरेर महिला घामबाट डढिन्छ भनेर निकै डराउने गर्छन् । घामबाट डराउनु पर्दैन, स्वास्थ्यका लागि घाम निकै आवश्यक छ । सूर्यको प्रकाश महाऔषधि हो । यसैले पनि सूर्यको प्रकाशलाई पाकृतिक डाक्टर नै भन्दा पनि फरक नपर्ला । सूर्यको प्रकाशले एकातिर प्राणी तथा वनस्पति जगतलाई ऊर्जा प्रदान गर्छ भने अर्कोतिर हानिकारक किटाणुलाई मार्ने कार्य गर्छ । त्यसैले घर बनाउँदा पूर्वतिर ढोका राख्ने परम्परा रहेको पाइन्छ ।

यहाँ हामी सूर्यको तापबाटै स्नान गरे सो सरहको शारीरिक तन्दुरुस्तताको प्राप्ति गर्न सकिन्छ । हाम्रो शरीरमा घामको ताप पस्नाले हड्डी मजबुत बनाउनुका साथै मस्तिष्क तथा स्नायुप्रणाली स्वस्थ र मजबुत बनाउंने कार्यलाई थप आधारभुत तत्व पाप्त हुन्छ । साधारण शब्दमा नुहाउनका लागि झैं कपडा खोलेर घाममा बसेर घाम ताप्नुलाई नै सूर्य स्नान भनिन्छ । प्राचीन ग्रन्थ अथर्व वेदमा समेत सूर्य स्नान बारेमा उल्लेख छ । अथर्व वेदमा लेखिएको छ, जो व्यक्ति बिहान उठेर सूर्यको कलिलो किरण ताप्छ, त्यो व्यक्ति अनेक रोगबाट बच्नुको साथै उसको ह्दय स्वस्थ र मजबुत रहन्छ । यसरी प्राप्त भिटामिन डी र रंगले हाम्रो शरीर अनेक किसिमको रोगसंग लडने शक्ति प्रदान गर्दछ । भिटामिन डी तथा सूर्यबाट प्राप्त हुने रङ शरीरलाई अत्यन्तै जरुरी हुन्छ । तर लुगाका कारण हामी सूर्यका रङयुक्त प्रकाशबाट वञ्चित हुन पुग्छौं । फलस्वरूप अनेक नयाँनयाँ रोगले पीडित भएका छौं ।

हानिकारक ब्याक्टेरिया तथा भाइरसका लागि त सूर्य स्नान महाऔषधि हो । अतः घामबाट स्वास्थ्य लाभ लिन सप्ताहमा कम्तीमा पनि ३ दिन सूर्य स्नान गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ । सूर्य स्नानले एकातिर शरीरलाई ऊर्जा तथा पोषण प्रदान गर्छ भने अर्कोतिर विषाक्त तत्व बाहिर निकाल्न मद्दत गर्छ । तर, चर्को घामबाट भने जोगिनुपर्छ ।

बिहानको घामबाट लिएको ताप नै सबैभन्दा ठुलो औषधी नै कोरोनाको औषधी हो । अहिले मानिसहरुले न त बिहानको भिटामिन डी युक्त घामको ताप लिने गर्छन न त बेलुकाको भिटमिन सी ताप लिन सक्छन । सबै आआप्mनै काममा व्यस्त हुन्छन् र यही व्यस्तताको घामको ताप कम भएको कारणले मानिसलाई छिटोभन्दा छिटो रोगले समाउनेगर्दछ । यस्तो अवस्थामा बिहानको र बेलुकाको घामको तापको अति आवश्यक पर्दछ । हाम्रो मुलुकमा यस्तो चलन त छैन तर, विदेशतिर भने यसको अति महत्व छ । बिहान घाम उदाउनु अघि स्नान गरेर घाम ताप्नुलाई सूर्य स्नान भनिन्छ । सूर्य उदायपछि सूर्यको ताप लिनु सूर्य अस्ताउनु अघि सूर्यको ताप लिनु नै अतिउत्तम रोगनिरोधक समय हो । यो गर्नु सूर्य स्नान हो र यसको निकै लोकप्रिय चलन छ ।

बिहान र बेलुका समुन्द्रको किनार एवं नदी, कोशीको किनारमा बसेर मानिसले सूर्य स्नान गरेको यत्रतत्र हामीले पनि देखेका छौं । कतिपय मानिसले नियमित रूपमा नै सूर्य स्नान गर्ने गर्छन् । तर, हाम्रो मुलुकमा भने यसको अर्थ नै थाहा नहुन सकेर यस्तो स्नान गरेको पाइँदैन । जानेकाहरुले अरुलाई सिकाउन पनि नचाहेर पनि हुनसक्छ । तरपनि यसको फाइदा अति नै उत्तम छ र अहिले पनि त्यस्ता बिरामीहरुले बिहान स्नान गरेपश्चात र बेलुका घाम अस्ताउनु अघि घामको ताप लिने गरे रोगको रोकथाम हुनसक्ने तथ्य सत्य छ । यतिमात्र होइन कि सूर्य स्नानका अनेक स्वास्थ्य फाइदा छन् । सूर्यको किरण क्याल्सियमको प्रमुख स्रोत हो भने भिटामिन डी सूर्यको प्रकाशको सहायताबाट शरीरले आफैँं बनाउँछ । त्यसैले सूर्य स्नानले हड्डी स्वस्थ र मजबुत हुन्छ । यहांसम्म भनिएको छ कि नियमति सूर्य स्नान गर्ने हो भने हड्डीमा कुनै पनि रोग लाग्न पाउंदैनन्, रोग लागेको छ भने पनि ठीक हुन्छ । सूर्य स्नानले मस्तिष्क तथा स्नायु प्रणालीलाई पनि स्वस्थ र मजबुत बनाउंछ । रक्तचाप समान्य बनाउँछ । छाला सम्बन्धित रोग हटाउंछ, छालालाई सुन्दर तथा निरोग बनाउँछ । यतिमात्र होइन कि जति घामको ताप हामीले हाम्रो शरीरलाई दिलाउन सक्छाैं, त्यति हाम्रो आयु पनि बढ्दै जाने स्पष्टता छ तर, आहार र विहारमा शुद्धता ल्याउनु जरुरी छ ।

अझै हामीले ध्यान दिनुपर्ने कुरा के छ भने चिसोको कारणले हुन सक्ने सबै प्रकारका रोगमा सूर्य स्नान निकै प्रभावकारी हुन्छ । सूर्यको प्रकाशले शरीरमा सिरेटोनिन पैदा गर्न महत्वपूर्ण भूमिका निभाउंछ ।

सिरेटोनिन मुड ठीक गर्न महत्वपूर्ण मानिन्छ । त्यसैले डिप्रेसन तथा तनावबाट बच्न तथा मानसिक रोगबाट छुटकारा पाउन सूर्य स्नान आवश्यक छ । यसरी गर्न सकिन्छ कि सूर्य स्नान । सूर्य स्नान भनेको बिहान तथा सांझको सूर्यको कलिलो किरण ताप्ने हो ।

कपडा खोलेर शरीरमा तिल, तोरी या नरिवल आदिको तेल लगाएर शान्तसंग घाममा बस्नु न्यास ध्यान गर्नु योग गर्नु नै सूर्य स्नान हो । यसरी सूर्य स्नान गर्दा पहिला शरीरको अघिल्लो भाग घाममा सेकाउने । अनि पछाडिको भाग सेकाउने । आँखालाई घामबाट जोगाउन कालो चश्मा प्रयोग गर्न सकिन्छ । तेलले शरीर मालिस गरेर सूर्य स्नान गर्ने हो भने अधिक लाभ प्राप्त हुन्छ । सूर्य स्नानको महत्व जाडो मौसममा झन् बढी हुन्छ । जाडोयाममा सूर्य स्नान गर्दा एकातिर न्यानो प्राप्त हुन्छ भने अर्कोतिरशरीरलाई सूर्य ऊर्जा मिल्छ । १० मिनेटदेखि आधा घण्टासम्म सूर्यस्नान गर्न सकिन्छ ।

सूर्य स्नानपछि मनतातो पानीले स्नान गर्नुपर्छ । यसरी यो विधिबाट गरिने सूर्यस्नान मानिसका लागि अधि नै फाइदा छ । मानिसले जसरी यो क्रमलाई निरन्तरता दिनसक्छ त्यसरी मानिसमा भएका रोगहरु पनि त्यतिकै समाधान हुँदै जान्छन् । कोरोनाजस्ता भाइरसको संक्रमणबाट बच्न सूर्य स्नानले महत्वपूर्ण भूमिका खेल्छ । योग तथा प्राकृतिक चिकित्सामा सूर्य स्नानका लागि काँचको बाकस बनाइएको हुन्छ । त्यसैमा मानिसलाई टाउको बाहिर राखेर सुताइन्छ । तर, अर्को एउटा सजिलो उपाय पनि छ । जो घरमा सजिलै बनाएर सूर्य स्नान गर्न सकिन्छ । यसको लागि बजारमा पाइने सेतो प्लास्टिकलाई धोक्रोजस्तो बनाउनुपर्छ । जसमा मानिस सजिलैसँग छिर्न सकियोस् । त्यो प्लास्टिक कम्तीमा पनि पांच फिट हुनु आवश्यक छ ।

सो प्लास्टिकमा छिरेर घांटीमा र पैतालाको तल हावा नछिर्ने गरी बाध्नुपर्छ । राम्रोसंग घाम लाग्ने खाली चौर वा छतमा बिहानीको समयमा खाली पेटमा यसको अभ्यास गर्दा फाइदा हुन्छ । सूर्यको प्रकाश प्राणीको प्राण हो । औषधि पनि हो । त्यसैले यसको उचित सदुपयोग गरेर तनमनलाई स्वस्थ र सुदृढ राख्न सकिन्छ । यसका लागि एक पैसा खर्च गर्नुपर्दैन । अतः यस कुरालाई मनन गरी जाडो मौसममा दिनहुं तथा गर्मीयाममा हप्ताको दुई–तीनपटक सूर्य स्नान गरेर स्वास्थ्य लाभ प्राप्त गरौं । कोरोनाजस्ता भाइरसको संक्रमणबाट बच्न सूर्य स्नानको झनै महत्व छ । प्लास्टिक बेरेर घाममा सुत्ने, कम्तीमा तीन गिलास जति पानी पिएर टाउकोलाई एउटा रुमालले भिजाएर बांध्ने । शिरलाई तातो हुनबाट बचाउनुपर्छ । अर्थात् शिरमा पानी बेलाबेलामा छर्कंदै जानुपर्छ । शरीरमा लुगा जति सकिन्छ, कम लगाउनुपर्छ । जसले गर्दा सम्पूर्ण शरीरमा सूर्यको किरणले राम्रोसंग स्पर्श गर्न पाओस् ।

हावा बन्द भएर प्रकाशको उष्णता बढ्दै गएपछि छोटो समयमा नै खलखली पसिना आउँछ । यस प्रक्रियालाई अवस्था हेरी कम्तीमा १५ मिनेट अर्थात् राम्रोसँग सम्पूर्ण शरीरबाट पसिना आएपछि बन्द गर्नुपर्छ । यस प्रकारको सूर्य स्नानले भित्र गडेर बसेको चिसो तथा विषाक्त पदार्थलाई बाहिर निकालिदिन्छ । यसरी घामको महत्व बुभ्mने हो भने हामीले घामबाट यतिमात्र होइन सहश्र फाइदा लिन सकिन्छ । त्यसैले यसको सदुपयोग गरौं र कोरोनालाई परास्त पारौं ।

जयराष्ट्र ।

(लेखक पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक हुनुहुन्छ । )


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.