सिटिजन लाइफको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा कन्भर्जन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको संस्थापक र सर्वसाधारण सेयर स्वामित्वको अनुपात ७०ः४० प्रतिशतलाई परिमार्जन गरी ६०ः४० कायम गर्ने प्रक्रिया अघि बढाएको हो ।

कम्पनीको सञ्चालक समितिको भदौ २६ गते बसेको बैठकले सेयर स्वामित्व परिमार्जन गर्ने निर्णय गरेको हो । कम्पनीले सेयर स्वामित्व अनुपात परिमार्जन गर्ने निर्णय गर्दै उक्त जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ ।

हाल कम्पनीको प्रबन्धपत्रमा उल्लेख भएबमोजिम संस्थापक सेयरधनीहरूको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको ३० प्रतिशत सेयर स्वामित्व (७०ः३०) रहेको छ । अब यसलाई परिवर्तन गरी संस्थापक सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ४० प्रतिशत (६०ः४०) बनाउने भएको हो ।

नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ को दफा ५ को अधीनमा रही आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सेयर स्वामित्व परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित सेयर संरचना कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरण लगायतका सम्बन्धित नियामक निकायहरूबाट आवश्यक स्वीकृति लिई कम्पनीको आगामी वार्षिक साधारण सभा (एजीएम) मा स्वीकृतिका लागि प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।