add

"नेपाली कांग्रेसको महाधिवेशन अनिश्चित हुनु भनेको देशको भविष्य अनिश्चित बनाउनु हो"






ActPro Nepal

|

३ फागुन, २०७७

|
2056

नेपाली राजनितीको इतिहासमा नेपाली कांग्रेसको नेतृत्वले ऐतिहासिक भुमिका निर्वाह गर्दै आएको विषयमा कुनै दुबिधा देखिदैन । इतिहासको हरेक आन्दोलनमा अग्र पंक्तिमा रही परिवर्तनका संवाहकको नेतृत्व गरि नेपाल र नेपाली जनताको माझमा इतिहासको सफल राजनितीक पार्टी बनाउन सफल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुभ प्रारम्भमा जुटिरहेको भए तापनि अझै १४ औं महाधिवेशन कुन समयमा हुने कि नहुने अन्योलमा परेको छ र निश्चित छैन । नेपाली कांग्रेसको महाधिवेशन अनिश्चित हुनु भनेकै देशको भविष्य नै अनिश्चित बनाउनु हो । 

नेपाली राजनितीमा नेपाली कांग्रेसको छुट्टै विशेष भुमिका र महत्त्व रहेकोले इतिहासमा महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेका छन् जसमा केही सारंश १०४ वर्षे जहनियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्न २००७ सालको जनाक्रान्ती, ३० वर्षे एकदलीय पञ्चाय शासन व्यवस्थाको अन्त्य गरि बहुदलीय प्रजातन्त्रको स्थापना, २०६२/६३ सालको लोकतान्त्रिक गणतन्त्र नेपालको जनान्दोलनको नेतृत्व भुमिका, १० वर्षसम्म सशस्त्र बिद्रोहमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रिया र २४० वर्षसम्म निरंकुश शासन गरिरहेको तत्कालीन राजतन्त्रको शान्तिपुर्वक अन्त्य, २०६४ सालमा मधेस आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याई संविधान सभाको निर्वाचनमा सहभागी गराउन निर्णयक भुमिका र २०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक राज्य व्यवस्था सहितको संविधान निर्माण र घोषणा गर्न अग्र पंक्तिमा रहि नेतृत्व गरिएको नेपाली कांग्रेसको सुनौलो इतिहास हामी माझ छर्लङ्ग छन् । ती ऐतिहासिक इतिहास रहेको दिनका उपलब्धिहरुलाई कसैले दुईमत राख्ने वा कुनै दुबिधा रहदैन र गरिने पनि छैन । 

त्यसैले नेपाली कांग्रेस सत्तामुखी दल मात्रै नभई लोकतन्त्रको सुनिश्चित, नागरिकको अधिकारको सुरक्षा र सार्वभौम राष्ट्रको रक्षा गरिने एक सुरक्षा गर्न सक्ने सफल दल भएकोले लोकतान्त्रिक व्यवस्थाको निम्ति अनवरत संघर्ष गरिने अभियान र लोकतान्त्रिक आन्दोलनको प्रतिकको रुपमा पनि नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसको इतिहास निरंकुश तानाशाही शासन विरुद्ध  बिद्रोहको प्रतिक र आम नागरिकको अधिकार, स्वतन्त्र र स्वच्छ न्याय, स्वतन्त्र प्रेस र मानव अधिकार, हिंसा रहित समाज निर्माणको सुरक्षाको सुनिश्चित गराउन शान्तिको संवाहक गरिने शान्तिको प्रतिक दलको रुपमा रहेका छन् । यी यस्ता घटना र परिघटनाहरुले नेपाली कांग्रेसको नेतृत्वको इतिहासमा सफल र सक्षम भुमिका रहेको हामी माझ सर्वबित नै छन् ।अहिले राष्ट्र संकटमा र लोकतन्त्र अपहरणमा परेको समयमा नेपाली कांग्रेसको ऐतिहासिक महाधिवेशनको प्रारम्भ भएको छ । नेपाली कांग्रेसको ११ औं महाधिवेशन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष निरंकुश शासन र माओवादीको सशस्त्र द्वन्द्वको चपेटाको बेला, १२ औं महाधिवेशन शान्ति प्रक्रिया र संविधान निर्माण र घोषणाको जटिल समय र १३ औं महाधिवेशन संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक सहितको संविधान कार्यान्वयन लगायत २० वर्षसम्म जनप्रतिनिधि बिहिन स्थानीय निर्वाचन र नयाँ संरचनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउन चुनौती र अवसरको रुपमा महान जिम्मेवार रहेको बेलामा सम्पन्न भएको इतिहास रहेकोले ११ औं, १२ औं र १३ औं महाधिवेशन इतिहासमा ऐतिहासिक महाधिवेशनको रुपमा रहन पुगेको हो । हुन त यस अघिल्लो नेपाली कांग्रेसको महाधिवेशनहरु पनि झन् ऐतिहासिक रहेको थियो जुनबेला एक दलीय पञ्चायत व्यवस्थामा नेपाली कांग्रेसलाई प्रतिबन्ध लगाएको बेलामा पनि महाधिवेशन गरि आएको इतिहास हामी माझ ताजै छन् भने बहुदलपछिको महाधिवेशनहरु पनि तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व रहेको बेला झन् चुनौतीपूर्ण अवस्थामा पनि ऐतिहासिक महाधिवेशन सम्पन्न भएको इतिहास पनि हामी माझ छर्लङ्ग छन् । त्यसैले नेपाली कांग्रेसको १४ औं महाधिवेशन महत्त्वपूर्ण, अर्थपूर्ण र चुनौतीपूर्ण रुपमा रहेको देखिन्छ । 

नेपाली कांग्रेसको ऐतिहासिक महाधिवेशन भनेको औपचारिक निम्त्याउन गरिएको भेला वा नेतृत्व चयन गर्न मात्रै गरिने महाधिवेशन होइन । ऐतिहासिक राजनितीक दलको महाधिवेशन भनेको देश र जनताको भविष्यको मार्गदिशा निर्देश गराउन नीति र विधीको दस्तावेज निर्माण गर्ने एक सम्मेलन रहेकोले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राजनितीक, अर्थिक, सामाजिक र शैक्षिक एवं सांस्कृतिक दृष्टिकोण र मार्गदर्शनको दस्तावेज माथिको बृहत छलफल, बहस र संवाद रहेकोले महत्त्वपूर्ण र अर्थपूर्ण रहन पुगेको छ । 

अब नेपाली कांग्रेसको १४ औं महाधिवेशनले करिब २२ औं शताब्दीको परिकल्पना सहित वर्तमान राजनितीक, अर्थिक र सामाजिक परिस्थिति र भविष्यको राजनितीक, अर्थिक, सामाजिक र सांस्कृतिक कार्यदिशा सहित नयाँ मार्गदिशा निर्देश गर्न सक्ने दस्तावेजको बारेमा बृहत छलफल र बहस हुन जरुरत छन् । खाली नेतृत्व चयन र कार्यसमितिको बिस्तार वा हेरफेर गराउन मात्रै नभई राष्ट्रिय संकटको बेला नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरिएको समावेशी समानुपातिक, धर्म निरपेक्षता सहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई संस्थागत बनाउन सक्ने एजेन्डामाथि बृहत छलफल गर्नुपर्छ । 

१३ औं महाधिवेशनको नेतृत्वले गरिएको कमी कमजोरीलाई समिक्षा गरि अब १४ औं महाधिवेशनबाट चयन गरिएको नेतृत्वले कम्तीमा आम सर्वसाधारण नागरिकको जीवनस्तर, जटिल समस्यलाई समाधान र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सक्ने र नेपाली राजनितीमा भूराजनीतिकको कुटनैतिक हस्तक्षेप र हेपाइ र थिचोमिचो रही आएको बिदेशी कुटनैतिक सम्बन्धलाई समेत स्पष्ट खाका आउन सक्नुपर्छ । 

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टीको हिमायती भएकोले अन्तरिक लोकतान्त्रिकको अभ्यासमा मजबुत, शुद्धिकरण र सुदृढीकरण गर्दै नेतृत्व रहित नेविसंघ, तरुण दल लगायत भातृ संगठन एवं शुभेच्छुक संस्थाहरुको समयमा अधिबेशन र महाधिवेशनको सुनिश्चितता गर्न सकिएमा कम्तीमा युवा नेतृत्वको भविष्य सुनिश्चित हुन सक्थ्यो तर वर्तमान नेतृत्वले भातृ संगठनहरुको महाधिवेशन गर्न नचाहिएको वा नचाहिएको हुनाले सिङ्गो लोकतन्त्रप्रेमी युवा नेतृत्वको भविष्य बिहिन र अन्धकार बन्न पुगेको कुरा नेतृत्वलाई थाहा नभएको होइन झन् युवा नेतृत्वको भविष्यमाथी खेलवाड पो गरिरहेका छन् । 

अबको नेतृत्वले अपहरणमा परेको लोकतन्त्रको सुरक्षा, राष्ट्रको स्वाभिमान, गरीबी, बेरोजगारी र अशिक्षित नागरिकलाई रोजगारीको सृजना र अन्धकारमा रहेको युवा नेतृत्वको भविष्यको सुनिश्चित लगायत यी यस्तो जटिल अवस्था र परिस्थितिलाई समाधान गर्न सक्ने नेतृत्वको आवश्यकता छन् । अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन संविधानको व्यवस्था अनुसार यहीँ भदौ महिनाभित्र सम्पन्न गर्नु छ । त्यो पनि संविधानको व्यवस्थामा ६ महिना थप गर्न मिल्ने भएर नै भदौ महिनाभित्रमा गर्न पाएको हो । नेपाली कांग्रेसको संगठनिक संरचना अहिले संघीय संरचना अनुसर प्रदेश कार्यसमिति बनाएको छैन र गाउँ पलिका र नगरपालिकाको नेतृत्वहरुले औपचारिक रुपमा मात्रै कामचलाउ कार्यसमिति पाएका छन् तर पनि नेतृत्वको ध्यान त्यता पुग्न सकेको छैन । 

वर्तमान नेकपा ओली सरकारको असंवैधानिक कदम माथी थप असंवैधानिक कदम र सर्बोच्च अदालतको विचारधीन मुद्दामाथी कांग्रेसको सशक्त भुमिका निर्वाह नगरिएको आरोप पनि खेप्नुपरेको छ । नेपाली कांग्रेसले अब सहि दिशा निर्देश गराउन सहि भुमिका निर्वाह गर्न समयमा चुक्नु हुन्न । यदि समयमा महाधिवेशन गर्न सकिएन भने नेपाली कांग्रेस पार्टीको बैधानिकमाथी ठुलो प्रश्न उब्जिने नै छन् । आफ्नो दलको महाधिवेशन गर्न नसकिने राजनितीक दलले कसरी देश निर्माण गर्न सकिन्छ भन्ने प्रश्न तेर्साउने छन् । कम्तीमा नेपाली कांग्रेसलाई आगामी दिनमा लिने नीति र विधि कागजको खोक्रोमा सिमित नराखी व्यवहारना कार्यान्वयन गर्न सक्ने सैद्धान्तिक र व्यवहारिक नीति स्पष्ट दिन सकिए मात्रै पार्टीले जीवन्त र नागरिकले राहत पाउने छन् । अब नेपाली कांग्रेसले भदौ महिनाको समय सिमाभित्र महाधिवेशन गर्न सकिएन भने ऐतिहासिक पार्टीको इतिहास पनि समाप्त हुने निश्चित छन् । ओली सरकारको असंवैधानिक कदमको विरुद्ध बिरोध गर्दैगर्दा आफ्नो पार्टीको वैधानिक पनि रहन्छ कि रहदैन भन्ने तर्फ ध्यान दिने किन नदिने ? अरुको अवैधानिक विरुद्ध लड्दालड्दै आफ्नो दलको वैधानिक गाएको थाहा भएन भने हास्यास्पद हुन पुग्ला । अरुको पार्टीको फोट वा फुटेकोले आफ्नो पार्टी ठुलो होला भन्ने भ्रम त्याग गरि समयको सिमाभित्र महाधिवेशन सम्पन्न र भातृसंगठन एवं शुभेच्छुक संस्थाहरुको महाधिवेशन गर्न सकिए मात्रै पार्टीले जीवन्त पाउने छन् । होइन भने अरुको फुट हुँदैमा आफ्नो दल ठुलो हुने, आफू सफल वा सक्षम हुने र सहि दिशा निर्देश हुन सक्ने होइन । अहिले अस्ताएको समय भए तापनि नेतृत्वले चाहिएमा केही महत्त्वपूर्ण उपलब्धि कार्यहरु गर्न सकिने छन् । राष्ट्र संकटको बेलामा पनि निर्णयक भुमिका वा सहि नेतृत्वको भुमिका निर्वाह नगरी मौनता, गतिविधि हिनता र अस्पष्टतामा रहि दुबिधा वा ढुलमुले भएमा राजनितीक दल र नेतृत्वको औचित्य र सहअस्तित्व नै समाप्त हुने निश्चित देखिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.