नेपाली कांग्रेस लिखु–२ को सभापतिमा प्रकाश ढकाल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशन, २०८३ अन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–२ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट प्रकाश ढकाल वडा कार्यसमिति सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

अधिवेशनबाट दिल कुमारी घले र अक्कल बहादुर घले उपसभापतिमा, भुवन राई सचिव तथा सुमन राई सहसचिवमा निर्वाचित भएका छन्।

त्यस्तै वडा कार्यसमिति सदस्यमा शिव लाल श्रेष्ठ, होम नाथ भट्टराई, भगवती सिङ्ग्देल (ढकाल), सुनिता घले, महेन्द्र थापामगर, सुशिला नेपाली र सुमन राई निर्वाचित भएका छन्।

यसैगरी, वडा कार्य समितिको निर्वाचनबाट विभिन्न समूह तथा समावेशी प्रतिनिधित्वसहित क्षेत्रीय प्रतिनिधिहरू समेत निर्वाचित भएका छन्।

निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूमा सुशिला नेपाली, टलक मान घले, महेन्द्र थापामगर, विमला कुमारी घले, सरिता राई, सुनिता घले, नवराज लामिछाने, भोज प्रसाद ढकाल, राम प्रसाद ढकाल, शिव लाल श्रेष्ठ, सागर राई, ध्रुव कुमार ढकाल, श्रमिक युवराज ढकाल, अक्कल बहादुर घले, भगवती सिङ्ग्देल (लामिछाने), राजन ढकाल, सुमन राई, पूर्ण बहादुर राई, कृष्ण लाल श्रेष्ठ, दिल कुमारी घले, दिनेश कुमार राई, डिलेन्द्र प्रसाद ढकाल र ठाकुर नेपाल रहेका छन्।

वडा अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिहरूलाई नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न वडा अधिवेशनले लिखु–२ मा पार्टीको वडा तहको नयाँ नेतृत्व तथा क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।