add

बारम्बार सन्त-महात्मा र धर्ममाथि प्रहार हुँदा किन बोल्दैनन् हिन्दु धर्मका अभियन्ता ?






ActPro Nepal

|

३० मंसिर, २०७७

|
4248

जगद्गुरू महायोगी सिद्धबाबालाई बलात्कार जस्तो घृणीत आरोपमा षडयन्त्रकारीहरूले फसाए पश्चात आफु निर्दोष हुँदाहुँदै पनि पूर्पक्षको लागी कारागार मै राखेर अनुसन्धान गर्नुपर्दछ भन्ने उच्च अदालतको निर्णयको सम्मान गर्दै कारागार जाँदै गर्दा मिडियालाई भन्नुभएको थियो कि'षडयन्त्रको अन्तिम तारो म मात्र होइन , म माथिको यो षडयन्त्रपूर्वक रचिएको घटना मात्र अन्तिम होइन ।'

संकेत प्रष्ट थियो । त्यसको केहि समय पछि नेपालमा एकपछि अर्को सन्त माथि आक्रमण हुँदै गयो । यो आक्रमण सन्तमाथिको मात्र नभइ समस्त वैदिक सनातन हिन्दु धर्म माथिकै प्रहार हो ।

१. रौतहटमा २०७७ साल भदौ ३ गते बुधबार राती ९:३० बजे तिर माधवनारायण नगरपालिका वडा नं .

२ खेसरहिया स्थित हनुमान मन्दिरका ६५ बर्षिय श्रीराम शाहको भोजन गरिरहेको समयमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा बताएको छ ।

२.  बाँके नरैनापुर स्थित पुरेपहाडमा रहेको आश्रममा २०७७ साल भदौ ३१ गते बुधबारको दिन बरफानी बाबा माथि अज्ञात समूहले छुरा प्रहार गरी घाइते बनाएका थिए ।

३.  जनकपुरमा एक निर्माणाधिन मन्दिर माथि आक्रमणकारिहरूले हमला गरेर तोडफोड गरि मन्दिरका पुजारिलाइ निर्घात कुटपिट गरेका छन् ।

यी घटनाहरू कुनै आकस्मिक घटनाहरू होइनन । नियोजीत रूपमा मूर्ति , मन्दिर तोडफोड , व्यक्ति हत्याको श्रृङ्खलाको एउटा अध्याय मात्रै हो र यो अन्तिम हुने पनि होइन । जगद्गुरू महायोगी सिद्धबाबाको संकेतले प्रष्ट पारिरहेको थियो कि आगामी दिनमा बलिको बकरा को हुने हो ? केवल नाम र ठेगाना मात्र फरक होला तर हुन्छ जरूर।

एकछिन सबै सन्त महात्माहरू , ब्राम्हणहरू , कथा वाचक ज्यूहरू आफुले आफुलाइ पनि घोत्लेर , आफुतिर फर्केर , आफुमा कुर्लेर हेरौं त म कहाँ हिड्दै छु , कुन मार्ग बाट हिड्दै छु अनि कुन धरातलमा छु र महायोगी सिद्धबाबाको हुनुहुन्छ , उहाँ कस्तो हुनुहुन्थ्यो , त्यति तटस्थ , त्यति सावधान रहनेवाला एउटा त्यागी वितरागी सत्पुरूष माथि त यत्रो दुष्प्रयास हुन्छ भने , के तपाइहरू चोखो बच्न सक्नुहुन्छ ? जो हमेशा संसर्गमा रहनुहुन्छ ।

यो नसोच्नुहोस कि जगद्गुरू महायोगी सिद्धबाबामा कुनै कमी भएर यो सब भएको हो भनेर अनि यस्तो समयमा तपाइहरू  आफ्नो एकताको साथ अगाडी बढ्न सक्नुहुन्न भने यो भन्दा ठुलो दुःखद कुरो अर्को हुने छैन । याद गर्नुहोस महाभारत को त्यो प्रसङ्गलाइ जब कौरवहरू माथि यक्ष गन्धर्वहरूले आक्रमण गरेका थिए ।

त्यो बेला पाँच पाण्डवहरू मद्धतका लागी अगाडी बढ्ने क्रममा युधिष्ठिरले अगाडी बढ्न खोजीरहँदा भीमसेनले भने कुचोले बढार्ने कसिङ्गरलाइ हावाले उडाइदिँदै छ दाजु , ति दुष्ट कौरवहरूलाइ ति यक्ष गन्धर्वहरूले ठीक गरिरहेका छन् , हामी किन अगाडी जाने भनिहँदा खेरी आन्तरिक द्वन्द हाम्रो आफ्नो हो भाइ हामिले भातृत्वमा कहिँ पनि एक हुनु पर्दछ , यसमा हाम्रो व्यक्तिगत द्वेष हाम्रो निजी हो।

यसलाइ सामाजीक द्वेष बनाउनु हुँदैन हामीले साथ दिनु पर्दछ भनेर चाहिँ ति यक्ष गन्धर्वहरू बाट पाँच पाण्डवले रक्षा गरेर कौरवहरूको ज्यान बचाएका थिए ।

त्यहि सिद्धान्त अनुसार पनि तपाइहरूको आफ्नो केहि मतभेद होला , इष्ट भेद होला , मन्त्र भेद होला , सिद्धान्त भेद हुन सक्ला तर मुलतः तपाइहरू सबै एउटा वैदिक सनातनि हुनुहुन्छ ।

महायोगी सिद्धबाबालाइ एउटा माध्यम बनाएर हिन्दु धर्मलाइ नै जरो उखल्ने खेल भइरहेको यस्तो बेला तपाइ धर्मगुरूहरू एक अर्काको साथ एकजुट किन हुनुहुन्न ? के यो चुप लागेर बस्ने कुरा हो ? यसलाइ गम्भिरतापूर्वक लिन पर्छ भन्ने सम्पूर्ण हिन्दु धर्मावलम्विहरूले बुझेका छौं ।

हिन्दु धर्मलाइ नै आफ्नो मूल धर्म मानेर,संस्कार,संस्कृतिको ज्ञान बाँड्दै हिड्ने, हिन्दु धर्मको रोटी खाएर हिन्दु धर्मकै नारा लगाएर हिड्नेहरू आज आचार्य स्वरूप, धर्मध्वज त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबा लाइ यत्रो ठुलो कुठाराघात भइरहदा हिन्दु धर्मका अभियन्ता भनेर हिड्ने तपाइ धर्मगुरूहरू ,अभियन्ताहरू कहाँ हुनुहुन्छ ? त्रिदण्डी जगद्गुरू लाइ गरिएको यो कुठाराघात वैदिक सनातन हिन्दु धर्मलाइ नै गरिएको कुठाराघात होइन र ?

यो चरित्र हत्या महायोगी सिद्धबाबाको मात्र बेइज्जतिको विषय होइन अपितु सम्पूर्ण वैदिक सनातन हिन्दु धर्मकै बेइज्जती हो । आचर्य स्वरूप धर्मध्वज त्रिदण्डी स्वामी जगद्गुरू जस्तो गरिमामय पदले विभूषित महायोगी सिद्धबाबालाइ सुनियोजीत रूपमा लगाइएको बलात्कार जस्तो घृणीत आरोप ले वास्तवमा भन्ने हो भने आज वैदिक सनातन हिन्दु धर्मको बलात्कार भएको छ ।  

इस्लामिक धर्म गुरूको बारेमा , क्रिस्चियन पादरीहरूको बारेमा कसैले नराम्रो भन्दा उनिहरूको समुदाय एकजुट भएर विरोध गर्दछन् । उदाहरणको लागी फ्रान्सको राष्ट्रपतिले मुस्लिमको धर्मगुरूलाइ एउटा नराम्रो शब्द बोल्दा हालै भएको विश्वव्यापि मुस्लिमहरू आन्दोलन सबैलाइ सर्वविधित नै छ ।हाम्रो हिन्दु धर्मका धर्मवृक्ष मानिने आचर्य प्रति त्यो पनि सम्माननिय अदालतले सफाइ दिइसकेको अवस्थामा न्यायालको इजलास भन्दा बाहिर गएर वकालत गर्नेको भिड देख्दा देख्दै पनि हामी हिन्दुहरू चुप लागेर बसेको देख्दा बोल्ने शब्द छैन ।

फलामलाई केवल उसको खिया ले मात्र बर्बाद गर्दछ । बाकी अरू चिजले फलामलाइ बर्बाद गर्दैन । ठीक त्यस्तै हाम्रो हिन्दु र हीन्दुत्वलाई हाम्रै हिन्दु समाजका तथाकथित केहि सन्तको रूपमा रहेका कालनेमीहरू खिया बनेर बर्बाद गर्दै छन ।

अरू धर्मबाट हाम्रो वैदिक सनातन धर्मलाई कुनै खतरा छैन तर हाम्रा आफ्नै धर्ममा सन्तको भेषधारी एजेन्ट नै वैदिक सनातन धर्मलाई बर्बाद गर्दैछन । यसैको एउटा पराकाष्ट हो वैदिक सनातन हिन्दु धर्मका धर्म वृक्ष आचार्य स्वरूप त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबालाई कपोलकल्पीत सुनियोजीत षड्यन्त्रमा फसाउन खोज्ने खेल भईरहेको ।

जगद्गुरू महायोगी सिद्धबाबाको यश चारैतिर फैलिन थाल्यो अनि महायोगी सिद्धबाबालाई देखेर दुष्ट सोचाईका मानिशहरू जल्न थाले र षड्यन्त्र गर्न लागे । महायोगी सिद्धबाबाको खिलाफ महिला संग दुष्कर्मको आरोप लगाएर चारैतिर बद्नाम गरे ।  

यो कुरो तपाइ हिन्दु धर्मका संरक्षक , अभियन्ता एवं धर्मगुरूहरूले बुझ्नु जरूरी छ । आज जगद्गुरू महायोगी सिद्धबाबालाइ यो षडयन्त्र रचियो एकपटक भित्र पसेर हेर्नुहोस र माथि उठेर सोच्नुहोस हिन्दु धर्मका रक्षकहरू हो , आज नै तपाइहरू एक हुनु भएन भने भोलीका दिनमा जगद्गुरू महायोगी सिद्धबाबाको जस्तै सबैको यहि हालत हुनेवाला छ ।

समय छ अझै सोच्नुहोस हिन्दु धर्मका अभियन्ताहरू अनि एकजुट भएर महायोगी सिद्धबाबा माथि भइरहेको षडयन्त्रको विरूद्ध आवाज उठाउनुहोस र हिन्दु धर्मलाइ बचाउनुहोस । तर एउटा कुरा याद रहोस षड्यन्त्रकारी हो ...जो दुष्टहरू सच्चा सन्तको चरित्रमाथि सच्चाईनै नबुझीकन औला उठाउछन, त्यस्ता दुष्टहरूको विनाश हुनबाट त भगवानले पनि रोक्न सक्दैनन् ।

आजको यस बिषम परीस्थितीमा जगद्गुरू महायोगी सिद्धबाबा प्रती हामी भक्तहरूको भक्ति झनै प्रगाढ भएको छ । त्रिदण्डी स्वामी जगद्गुरू महायोगी सिद्धबाबा हामी सम्पूर्ण भक्तको हृदयमा एकमात्र " शाश्वत सत्य " को स्वरूपमा बिराजमान हुनुहुन्छ । इतीहास साक्षि छ कि सन्तलाई सताउने दुष्टहरू रावण , कौरव , कंश को एक - एक गरी तेज , बल र वंश सहीत कुलनै पतन भएको ।

जगद्गुरू महायोगी सिद्धबाबा माथिको प्रहार त वैदिक सनातन हिन्दु धर्मलाइ नै परेको प्रहार हो । फेरी पनि हिन्दु  धर्मगुरूहरू , हिन्दु अभियन्ताहरू किन मौन ? आज जगद्गुरू महायोगी सिद्धबाबा माथि भइरहेको षडयन्त्र भोली तपाइहरूलाइ पर्दा के गर्ने ? यो षडयन्त्र एक जना महायोगी सिद्धबाबाको लागी मात्र होइन अपितु समस्त हिन्दु धर्म नै मास्ने खेल हो यो सबैले बुझ्न जरूरी छ । यो एउटा ग्राण्ड डिजाइन हो ।

देशका युवाशक्तिको नजरमा महायोगी सिद्धबाबा

आज षड्यन्त्रकारीहरूको षड्यन्त्रलाई हेर्दा यस्तो लाग्छ की आचर्य स्वरूप त्रिदण्डी जगद्गुरू महायोगी सिद्धबाबा लाइ माध्यम बनाएर , हाम्रो देश नेपालकै संस्कार , संस्कृति ,राष्ट्र , राष्ट्रियता र औपचारिक रूपले वैदिक सनातन हिन्दु धर्म लाई को जरो उखल्ने खेल भइरहेको छ ।

तर ति बिचरा हरूलाई यती पनि थाहा छैन कि, महायोगी सिद्धबाबा एउटा शरीर मात्र हैन अपितु महायोगी सिद्धबाबा त लाखौ शरिर हो र शरिर भित्रको त्यो प्रकाशमय तत्व हो जसले सूर्यको समान निष्पक्षताका साथ प्रकाश फैलाउछ ।

आज षड्यन्त्रकारीहरूको षड्यन्त्रलाई हेर्दा यस्तो लाग्छ की आचर्य स्वरूप त्रिदण्डी जगद्गुरू महायोगी सिद्धबाबा लाइ माध्यम बनाएर , हाम्रो देश नेपालकै संस्कार , संस्कृति ,राष्ट्र , राष्ट्रियता र औपचारिक रूपले वैदिक सनातन हिन्दु धर्म लाई को जरो उखल्ने खेल भइरहेको छ ।

तर ति बिचरा हरूलाई यती पनि थाहा छैन कि, महायोगी सिद्धबाबा एउटा शरीर मात्र हैन अपितु महायोगी सिद्धबाबा त लाखौ शरिर हो र शरिर भित्रको त्यो प्रकाशमय तत्व हो जसले सूर्यको समान निष्पक्षताका साथ प्रकाश फैलाउछ। महायोगी सिद्धबाबा एक वृहत सोच हो, महायोगी सिद्धबाबा सु - बिचार हो ,महायोगी सिद्धबाबा त सम्पुर्ण पञ्चभुत मै समाहित हो र पञ्चभुत महायोगी सिद्धबाबा मै , महायोगी सिद्धबाबा भक्तको भक्ति हो।

ज्ञानी को ज्ञान हो, साधकको साधना हो, सम्पुर्ण वेदको सार हो, लाखौ भक्तहरूको ढुकढुकी हो , महायोगी सिद्धबाबा त धर्म, संस्कार, संस्कृती हो, ऐम - नियम हो , राष्ट्र राष्ट्रियता हो , महायोगी सिद्धबाबा गुरू स्वरूपमा आदि गुरू देवाधिदेव महादेव हो , तत्व स्वरूपमा साक्षात श्री राम हो भने वैदिक सनातन हिन्दु धर्म का सम्पुर्ण षड्यन्त्रकारी हरुका लागी मन भित्रको डर हो ।

महायोगी सिद्धबाबा एक शाश्वत सत्य हो । महायोगी सिद्धबाबा त अटुट उर्जा हो,  यस धर्तिमा आएर आफ्नो उद्धेश्य नै बिर्सिएका सम्पुर्ण जीव लाई भगवत धाम को बाटो देखाउने गुरू तत्व हो महायोगी सिद्धबाबा । महायोगी सिद्धबाबा पतितका लागी पतितपावन हो भने स्वयम् नै पाशुपत शिद्ध महायोग हो । महायोगी सिद्धबाबा कलियुगमा साक्षात श्री राम को आचार्य स्वरूप त्रिदण्डधारी जगद्गुरू रामानन्दाचार्य महाराज नै हो । महायोगी सिद्धबाबा त केवल पञ्चभौतिक शरीर नभई तत्व स्वरूप हो ।

" हे षड्यन्त्रकारी हो जगद्गुरू महायोगी सिद्धबाबा को एउटा शरीरका लागी तिमिहरू यत्रो षड्यन्त्र गर्दै छौ अब आउने दिनहरू मा त लाखौ को संख्यामा देश विदेश बाट जगत कल्याण हेतु भिन्न - भिन्न शरीर तर एउटै सोच र बिचार अनि महायोगको साधनाको माध्यमबाट वैदिक सनातन हिन्दु धर्म , संस्कार अनि राष्ट्र राष्ट्रियता को रक्षार्थ लाखौँको संख्यामा महायोगी सिद्धबाबाहरू आउनेछन ।  त्यो समयमा तिमिहरूले ब्रम्हाण्डकै डलर खर्च गरी लाखौं चरित्रहिन महिला प्रयोग गरेर षड्यन्त्र गर्दा पनि तिमिहरूको षडयन्त्र सफल हुने छैन । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.