काठमाडौँ।  जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो।
नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका थिए ।
टर्कीका अकायदिनले खेलको ३५औँ मिनेटमा सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७०औँ मिनेटमा डेभ्रिजको गोलमार्फत नेदरल्याण्ड्स १–१ गोलको बराबरीमा आएको थियो ।
त्यसपछि टर्कीका मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स पुनरागमन जित निकाल्न सफल भयो ।
यो खेलसँगै युरोकपमा सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्ड र फ्रान्सले स्पेनसँग खेल्नेछ ।
                     
                
 
		    		 About Us
                        About Us
Comment