add

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो बाँडिने,यसरी दिनुहोस् आवेदन






ActPro Nepal

|

२४ जेठ, २०८१

|
401

काठमाडौं । सरकारले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कोठा भाडामा लिई स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराउन लागेको हो।

यो सुबिधा काठमाडौं उपत्यका रहेका विद्यार्थीको हकमा मात्र लागु हुने छ । केन्द्रले चुलोका लागि त्यही अनुसार आवेदन दिन अनुरोधगरेको छ।

एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

आवेदन दिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । केन्द्रले विशेषगरी अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थीलाई विद्युतीय चुलोका लागि आवेदन दिन आग्रह गरेको छ ।

तर यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीले भने आवेदन गर्न पाउदैनन् वा आवेदन आउदाँ स्वतः खारेज हुने केन्द्रले जनाएको छ । त्यसैगरी आवश्यक कागजात पेश नगरेका विद्यार्थीको माग पनि स्वतः खारेज हुनेछ ।

आवेदनका लागि यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् । केन्द्रको वेबसाइटबाट शैक्षिक संस्थाको सिफारिस नमुना डाउनलोड गर्नुपर्ने हुन्छ । सो निवेदनमा क्याम्पस प्रमुखको हस्ताक्षर गराउनुपर्ने हुन्छ । त्यसपछि माथि उल्लेख गरिएका कागजात र अन्य विवरण bioenergy@aepc.gov.npईमेलमा पठाउनुपर्ने हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.