नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतमाथि कारवाही गरेको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार नियामकीय मापदण्ड उल्लङ्घन, न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको तथा अनिवार्य नगद मौज्दात (सीआरआर) नपुगेको आधारमा कारवाही गरिएको हो।
सूचनाअनुसार फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ असार मसान्तसम्म न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको छ।
यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको भेटिएपछि विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशतमा सीमित रहेकाले विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको छ। त्यस्तै, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६.३९ प्रतिशत मात्र पुँजीकोष अनुपात कायम गरेपछि उक्त संस्थामाथि पनि विनियम ३(क) अनुसार कारवाही गरिएको छ।
राष्ट्र बैंकले वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटक ५८ रुपैयाँ ३८ पैसा नगद जरिवाना गरेको जनाएको छ।
त्यसैगरी, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो पटकका लागि ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ




Comment