काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
  
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन्। तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरू भएको धर्मशास्त्रीय मत छ।
आज पति एवम् परिवारको रक्षाका लागि व्रत बसेका नारीहरुको सौभाग्य तथा आरोग्यका लागि भगवान स्वंयम धर्तीमा झर्छन् जस्तो भानहुने कठोर व्रत, दिन भरि पानी पनि नपिईकन निर्जला वर्त बसी केवल महादेवको उपासना गरेर मनाइन्छ । विवाहित महिलाहरूले आज यसरी उपवास गर्दा शौभाग्य एवम् परिवारको सु-स्वास्थ्य तथा दिर्घायू प्राप्त हुने र अविवाहित नारीहरुले उपवास गर्दा मनोवाञ्छित वर प्राप्त विश्वासका गरि आजको दिन हर्षोल्लासका साथ मनाईन्छ।
तिजको व्रत निराहार नर्जला बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले अडिला मीठा मीठा परिकार पकाई दरका रुपमा खाई तिजको व्रतका लागि पूर्वतयारी गर्नेगर्छन् ।
विशेषतः चेलीहरूलाई माइती एवम् दाजुभाइले दर खुवाउने चलन रहेको छ। महिलाहरुलाई वर्ष दिनभरि परेका दुःख, पीर, मर्कालाई भावनात्मक रूपमा प्रकट गर्नका लागि समेत यस पर्व उपयोगी रहेको छ। तिजको अवसरमा साहित्य तथा संगीतका माध्यमबाट आफ्नो मनमा कुण्ठित पीडाहरूलाई बगाई तनाव मुक्त हुने गर्छन्।

 
		    		 About Us
                        About Us
Comment