add

निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन






ActPro Nepal

|

९ माघ, २०७९

|
542

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन्  ।

सोमवार वायुसेवा निगमले गरेको स्वागत कार्यक्रममा किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्।

उनले निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिए। ‘कुन जहाज कतिबेला उडे? कहाँ रोकिए? के कारणले रोकिए भन्ने विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न’, उनले भने।

उनले दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निगम किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।

‘यो भर्तीकेन्द्र हो र ? यसरी भर्तीकेन्द्र बनाएपछि संस्था डुब्छ,’ उनले भने, ‘आजदेखि जहाज रोकिनु हुँदैन, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैं साथ दिन्छु ।’ उनले सबै निजी सेवा प्रदायकले ई–टिकट व्यवस्था गर्दा निगमले किन गर्न सकिरहेको छैन भन्दै प्रश्नसमेत गरेका थिए ।

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.